नेप्से ५१ अंकले बढ्यो


काठमाडौँ । मंगलबार सेयरबजार ५१ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ५१.३१ अंकले बढेर १९४२.६३ अंकमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक पनि २.४७ अंकले बढेर ३६७.७४ अंकमा पुगेको छ । आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहको सेयरमूल्य बढेको छ । सोमबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ ।

आजको दिन नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । क्रमश तीन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने ९.९९ प्रतिशत बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन सनराइज फस्र्ट म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य २ प्रतिशतले घटेको छ ।

कुल २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।