धितोपत्र बोर्डले ७ कम्पनीलाई दियो ब्रोकर लाइसेन्स


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ७ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । बोर्डले आशयपत्र प्रदान गरेका ४३ कम्पनीहरु मध्ये ७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।

आशय पत्र प्राप्त गरेका अन्य कम्पनीहरूको सम्बन्धमा समेत क्रमशः निर्णय गरिने बोर्डले जानकारी दिएको छ ।

जेठ ८ गते बोर्डले ७ कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो । लाइसेन्स पाउने कम्पनीहरूमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालय ब्रोकरेज लिमिटेड, सन सेन्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्रा.लि, शेयरप्रो सेक्युरिटिज प्रा.लि. प्रोपर्टी विजार्ड लिमिटेड छन् ।

अब यी कम्पनीहरुले ब्रोकरेज आवश्यक प्रक्रियाहरु पूरा गरेर काम सुरु गर्न सक्नेछन् । लाइसेन्स पाएका ७ सहित अब ब्रोकर संख्या ५७ वटा पुगेको छ ।