नेप्से १६ अंकले बढ्दा झण्डै २ अर्बको कारोबार


काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयरबजारमा हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ३.५८ अंकले बढेर ३७१.३१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी उपसमुहको सेयरमूल्य बढेको छ ।
बुधबार कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सबैभन्दै धेरै कारोबार भएको छ । कम्पनीको १४ करोड ६४ लाख ९१ हजार ७४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन सानिमा इक्यूटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ३.७७ प्रतिशतले घटेको छ ।

कुल २७० कम्पनीको ४८ लाख ६५ हजार ४ सय ७५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाख १८ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।