कुल जनसंख्याको १९.४ प्रतिशत सेयरबजारमा सहभागी


काठमाडाैं । धितोपत्र बजारमा लगानीकर्ताको सहभागीताको अवस्था उत्साहजनक रूपमा बढेको छ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार हितग्राही(डिम्याट) खाता र मेरो सेयरको खाता खोल्नेको संख्या वृद्धि भएको छ ।

आर्थिक सर्वेक्षण अनुसार २०७८ असारसम्म हितग्राहीको सङ्ख्या ३७ लाख ८९ हजार रहेकोमा २०७९ फागुनसम्म उक्त सङ्ख्या ५६ लाख ५४ हजार पुगेको छ।

यो सङ्ख्या कुल जनसङ्ख्याको १९.४ प्रतिशत रहेकाे सर्वेक्षणमा उल्लेख गरिएको छ ।

त्यस्तै २०७८ असारमा करिब २८ लाख ५० हजारको सङ्ख्यामा रहेको मेरो सेयर खाताको सङ्ख्या २०७९ फागुनसम्म ४६ साख ७१ हजार पुगेको छ।