सरकारी निकायमा रहेका पुराना सवारी साधन ६ महिनाभित्र लिलामी गरिने


काठमाडौँ । सरकारले सरकारी निकायमा रहेका पुराना सवारी साधान र प्रयोगहिन सवारी साधान लगायतका सामान ६ महिनाभित्र लिलामी गर्ने जनाएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्षको बजेट सार्वजनिक गर्दै पुराना सवारी साधान र प्रयोगहिन सवारी साधान लगायतका सामान ६ महिनाभित्र लिलामी गर्ने जनाएका हुन्।