काठमाडौं । लगानीकर्ताको लागि राष्ट्रिय पोर्टल तयार पारिने छ ।
सोमबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले लगानीकर्ताको लागि आवश्यक सबै सूचना उपल्बध हुने गरी राष्टिय पोर्टल तयार गरिने बताए ।
यस पोर्टलमा लगानीका क्षेत्र, अवसर, कानुनी तथा नीतिगत व्यवस्था प्रोत्साहन सम्बन्धी व्यवस्था, लगानी फिर्ताका प्रावधान र प्रक्रिया लगायतका सम्पूण सूचना समावेश गरिने छ ।
प्रतिक्रिया दिनुहोस्