दिवा खाजामा जंक फुड दिन नपाइने, छात्रालाई निशुल्क स्यानेटरी प्याड निरन्तरता


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले दिवा खाजामा जंक फुड दिन नपाइने व्यवस्था गर्ने बताएका छन् ।

सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले स्थानिय तथा रैथाने कृषि उपजबाट तयार गरेको पौष्टिक आहार उपलब्ध गराइने व्यावस्था मिलाइने बताए । यसबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने उनले बताए ।

उनले विद्यालय तहका छात्रालाई निशुल्क स्यानेटी प्याडको व्यवस्था गर्ने कार्यलाई निरन्तरता दिने बताए । यसका लागि १ अर्ब ४२ करोड रुपैँया विनियोजन गरेको जानकारी दिए । यसबाट १० लाख छात्रा लाभान्वित हुने बताए ।