कुन सवारी साधनले कति सडक दस्तुर तिर्नुपर्छ ?


काठमाडौँ । सरकाले आगामी आर्थिक वर्षमा लाग्ने सडक दस्तुरको दर सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत आर्थिक विधेयकमा मिनीबस, माइक्रोबस, ट्रक, ट्रिपर, डम्पर, लरी, ट्रकलरी, मिनीट्रक, बन्द कन्टेनरसहितको ट्रक, सिमेन्ट बल्करले वार्षिक मूल्यको ७ प्रतिशत सडक निर्माण दस्तुर बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

धक्का दिने विद्युतीय मोटर भएका कार, जीप, भ्यान तीन पाङ्ग्रे बाहेकले मूल्यको ५ प्रतिशत दस्तुर तिर्नपर्ने छ भने धक्का दिने विद्युतीय मोटर भएका बस, मिनिबस, माइक्रोबसको दस्तुर मूल्यको २.५ प्रतिशत तिर्नुपर्ने बताइएको छ ।

यस्तै, २००० सीसीसम्मका कार, जीप, भ्यानह, सिंगल र डबल पिकअप गाडी तथा डेलिभरी भ्यानले मूल्यको ८ प्रतिशत सडक दस्तुर बुझाउनुपर्ने भएको छ भने २ हजारभन्दा माथिका कार, जीप, भ्यान, सिंगल र डबल क्याब पिकअप गाडी तथा डेलिभरी भ्यानले मूल्यको १० प्रतिशत सडक दस्तुर बुझाउनुपर्छ ।

त्यसैगरि १२५ सीसीसम्म क्षमताका मोटरसाइकलले प्रतिगोटा १५ हजार दस्तुर बुझाउनुपर्ने छ भने १२५ देखि २५० सीसीसम्मका मोटरसाइकल स्कुटरले १८ हजार दस्तुर बुझाउनुपर्ने छ ।

यसका साथै, ४०० सीसीसम्म क्षमता भएका मोटरसाइलक र स्कुटरले प्रतिगोटा २० हजार दस्तुर बुझाउनुपर्ने छ भने ४०० भन्दा बढी सीसीका मोटरसाइकलको सडक दस्तुर मूल्यको १० प्रतिशत हुनेछ ।