कुश्मा नगरपालिकाका कर्मचारीले भ्रमणमै खर्चिए रु.९२ लाख


काठमाडौं । कुश्मा नगरपालिकाले कार्यालय भन्दा बाहिरका कर्मचारीलाई भ्रमण भत्ता भुक्तानी गरेको छ ।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रतिवेदन अनुसार नगरपालिकाले प्रयोजन नखुलाई कार्यालय बाहिरका कर्मचारीलाई भ्रमण भत्ता बापत रकम भुक्तानी गरेको जनाएको छ ।

भ्रमण खर्च नियमावली, २०६४मा भ्रमण खर्च सम्बन्धी व्यवस्था छ ।

पालिकाले पेश गरेको आर्थिक विवरण बमोजिम यस वर्ष अनुगमन मुल्यांकन तथा भ्रमण खर्चमा ९२ लाख १ हजार ६ सय ६ रुपैयाँ (कन्टेन्जेन्सी तथा कार्यक्रमको खर्च बाहेक) खर्च गरेको महालेखाले जनाएको छ ।