करको विषयमा देखिएको अन्योलताले नेप्सेमा भारी अंकको गिरावट


काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषण भएको भोलीपल्ट सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आर्थिक वर्ष २०८० ८१ को बजेटको प्रभाव सेयरबजारमा परेको जानकारहरु बताउँछन् ।

लगानीकर्ताहरुले अर्थमन्त्रीसँग भेट गर्दा बजारमैत्री बजेट ल्याउने आश्वासन दिएर लगानीकर्तालाई झक्याएको एक लगानीकर्ताले आरोप लगाए ।

आर्थिक विधेयकको बुँदा नम्बर १७ मा “आर्थिक विधेयकको बुँदा नम्बर २९ मा धितोपत्र, जग्गा तथा घर जग्गाको व्यवसायकी गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्था, प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा धितोपत्र जग्गा तथा घर जग्गाको कारोबारको आय विवरण तथा कर दाखिला गर्न बाँकी रहेको भए आर्थिक २०७६/७७ देखि २०७८÷७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम संवत् २०८० साल चैत मसान्तभित्र दाखिला गरेमा सोमा लाग्ने बाँकी कर,शुल्क तथा ब्याज मिनाहा हुने छ। यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सो भन्दा अघिल्ला आर्थिक वर्षहरूको कर, कर,शुल्क तथा ब्याज मिनाहा हुने छ” उल्लेख गरिएको छ ।

जस अनुसार लगानीकर्ताले नाफामा मात्रै कर तिर्नु पर्ने भएको छ। वर्ष भरिको कारोबार देखाएर नाफा/घाटा मिलान गर्न पाउने व्यवस्था सरकारले गरेको छ ।

तर,लगानीकर्ताहरु यस विषयमा नबुझ्दा बजार प्यानिक बनेको सेयरबजारका जानकारहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ५३.१६ अंकले घटेर १८८८.६१ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २१ करोड २४ लाख ८१ हजार ९ सय ४३ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर नकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज स्वेत गंगा हाइडोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.२६ प्रतिशतले घटेको छ ।

कुल २७५ कम्पनीको ७० लाख ७४ हजार २ सय ५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८ सय ४४ रुपैयाँको कारोबार