नेप्सेको गिरावट जारी कारोबार रकम भने २ अर्ब माथि


काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार पनि सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ३८.८३ अंकले घटेर १८४९.७९ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा प्रभु बैंकको प्रमोटर सेयरको सार्वधिक धेरै कारोबार भएको छ । बैकको ३४ करोड २८ लाख १६ हजार १ सय २९ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कुल २६२ कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५ सय ७१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।