ब्रोकरलाई टीएमएस बन्द गरेर आन्दोलनमा सरिक हुन लगानीकर्ताको आव्हान


काठमाडौं । पुँजीगत लाभकरका विषयमा आन्दोलित भएका सेयर लगानीकर्ताहरुले सबै ब्रोकरलाई टीएमएस बन्द गर्न आव्हान गरेका छन् ।

काठमाण्डौको कमलपोखरीमा आज भएको लगानीकर्ताहरुको भेलाले ब्रोकरहरुलाई टीएमएस बन्द गरी आन्दोलनमा सहयोगी हुन आह्वान गरेका छन्।

उनीहरुले नेपाल धितोपत्र बोर्ड ९सेबोन०, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र स्टक ब्रोकर्स एसोसिएन अफ नेपाललाई पत्र लेख्दै टीएमएस बन्द गरी आन्दोलनमा सहयोगी हुन आह्वान गरेका छन्।

भेलाले पुँजीबजार मारा कर नीति खारेज गरी पुँजीबजारमा अल्पकालीन र दीर्घकालीन दुई तहको मात्र लाभकर व्यवस्था भई सबै व्यक्तिगत लगानीकर्ताका लागि अन्तिम घोषणा हुनुपर्ने माग अघि सारेको छ।

भेलाले बजारविरोध र भुतग्राही, पश्चागामी कर नीति खारेज गर्नुपर्ने माग पनि अघि सारेको छ।