आन्तरिक राजश्वले भन्यो : पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्थामा कुनै परिर्वतन भएको छैन


काठमाडौं । आन्तरिक राजश्व विभागले पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्थामा कुनै परिर्वतन नगरेको प्रष्ट पारेको छ । बिहीबार एक सूचना जारी गर्दै आर्थिक विधेयक, २०८० को दफा २९ लाई प्रष्ट पार्दै पुँजीगत लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था रहेको जानकारी दिएको छ ।

विभागले नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र विक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको जनाएको छ।

त्यस्तो कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ।