बिहीबार नेप्से परिसूचक १६ अंकले बढ्यो


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १६.५४ अंकले बढेर १८६६.३४ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

बिहीबार नेप्सेमा प्रभु बैंकको प्रमोटर सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको २३ करोड २१ लाख ३४ हजार ५ सय ७९ रुपैयँको प्रमोटर सेयर कारोबार भएको छ ।

आजको दिन जोशी हाइडोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् कम्पनीको सेयरमूल्य ६.५४ प्रतिशतले बढेको छ ।
कुल २७२ कम्पनीको ६१ लाख २८ हजार ६ सय २१ कित्ता सेयर किनेबच हुँदा १ अर्ब ६५ लाख ४६ लाख ४८ हजार ९ सय २२ रुपैयाँको कारोबार भएको छ ।