कारोबार सञ्चालनको अनुमति माग्दै नेप्से पुगे नयाँ ब्रोकर


काठमाडौं । नयाँ ब्रोकर कम्पनीले नेपाल स्टक एक्सेन्जसाग कारोबार सञ्चालनको लागि अनुमति मागेको छन् । नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स पाएका ७ कम्पनीले कारोबार सञ्चालनको अनुमति माग्दै नेप्सेमा निवेदन दिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।

नेप्सेले अब ती कम्पनीको प्राविधिक पक्ष हरेर नयाँ सदस्यता प्रदान गर्ने प्रवक्ता पराजुलीले बताए। ‘सेबोनले ती कम्पनीलाई भौतिक पूर्वाधार हेरेर नयाँ ब्रोकर लाइसेन्स प्रदान गरेको थियो’, उनले भने, ‘अब नेप्सेले प्राविधिक पक्ष हेरेर नयाँ सदस्यता प्रदान गर्नेछ।’

नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले नयाँ ब्रोकर सञ्चालनका लागि आशयपत्र पाएका ४३ वटा कम्पनीमध्ये पहिलो चरणमा गत जेठ ८ गते भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडलाई ब्रोकर लाइसेन्स प्रदान गरेको थियो। तिनै ब्रोकर लाइसेन्स पाएका कम्पनीहरुले कारोबार सञ्चालन गर्न नेप्सेमा सदस्यताका लागि निवेदन दिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए।

प्रवक्ता पराजुलीका अनुसार ती कम्पनीहरुले नेप्सेबाट कारोबारको अनुमति पाएपछि नेप्सेकै टीएमएसमार्फत सेवा सुरु गर्नेछन् ।