टुंगिएन करको अन्यौलता, लगानीकर्ताको सडक आन्दोलन जारी


काठमाडौं । विगत लामो समयदेखि वियरिस बनेको सेयरबजार आगामी आर्थिक वर्ष २०८०/८१को बजेटले सम्बोधन गर्छ भनेर उत्साहित बनेका लगानीकर्ता अहिले सडकमा उत्रिएका छन् ।

बजेट आउनु अगावै प्रधानमन्त्री, अर्थमन्त्रीलाई भेटेर पुँजीबजार मैत्री बजेट आउने आशामा बसेका लगानीकर्ता एकाएक आन्दोलमा उत्रिएका छन् ।

सेयरबजार थला परेको अवस्थामा अर्थमन्त्रीले झुटो आश्वासन दिएर झुक्याएको लगानीकर्ताले आरोप लगाएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक विधेयकमा कर सम्बन्धी असपष्टताले बजार कोमामा जाने भन्दै लगानीकताले आक्रशित बनेका छन् ।

लगानीकर्ताले पुँजीगत लाभकर ५ प्रतिशत र ७.५ प्रतिशत नै अन्तिम हुनुपर्ने माग राख्द बुँदा नं. २९ खारेज गर्नुपर्ने मागसहित सडक आन्दोलनमा उत्रिएका छन् ।

सरकारले ल्याएको कर नीतिकै कारण बजार झनै प्रभावित बन्न थालेको लगानीर्ता तिलक कोइरालाले बताए ।

‘व्यवसायी, प्राकृतिक र अप्राकृतिक व्यक्ति भनेर सेयर लगानीकर्तालाई आयकरको दायरामा ल्याउन खोजिएको छ, त्यो हामीलाई मान्य छैन’, उनले भने, ‘जबसम्म ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुँदैन तबसम्म आन्दोलन रोकिँदैन।

बजेट आएपछि नै पूँजी बजार मारा कर नीतिको विरुद्धमा विभिन्न विरोधका कार्याक्रमहरु आयोजना हुँदै आएका छन् । आज पनि लगानीकर्ताहरू माईतीघरमा भेला भएर विरोध कार्यक्रम गरेका थिए ।

लगानीकर्ताहरु यस अघि नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड, अर्थमन्त्रीको घरमा पुगेर विज्ञप्ती दिने, आन्तरिक राजश्व विभागमा छलफलहरु गरिरहेका छन् ।

यता आन्तरिक राजश्व विभागले भने पुँजीगत लाभकर ५ प्रतिशत र ७ं.५ प्रतिशतले नै अन्तिम रहेको यो व्यवस्थामा कुनै फेरवदल नभएको प्रष्ट पार्दै आएको छ ।

आयकर ऐनको अनुसूची १ मा ब्यक्तिको लागि स्पष्ट अन्तिम कर लेखिएको तर विद्येयको २९ नंबरमा लेखिएको कुरा सो व्यवस्थासँग बाझिने रहेको लगानीकर्ता दुर्गा तिवारी बताउछिन् ।


‘विभागले परिपत्र के गर्यो भन्ने कुरा महत्वपूर्ण होइन’, तिवारी भन्छिन्, ‘विधेयक त संसदबाट पारित भएपछि कानुन बन्छ कानुन त परिपत्र भन्दा बलियो हुन्छ त्यसैले परिपत्रको कुनै अर्थ हुँदैन । त्यसैले आर्थिक विद्येयकमा लगानीकर्ताको हित विपरित भएको बुँदा नं. २९ खारेज हुनै पर्दछ ।’

“आर्थिक विधेयकको बुँदा नम्बर २९ मा धितोपत्र, जग्गा तथा घर जग्गाको व्यवसायकी गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्था, प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा धितोपत्र जग्गा तथा घर जग्गाको कारोबारको आय विवरण तथा कर दाखिला गर्न बाँकी रहेको भए आर्थिक २०७६र७७ देखि २०७८र७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम संवत् २०८० साल चैत मसान्तभित्र दाखिला गरेमा सोमा लाग्ने बाँकी कर,शुल्क तथा ब्याज मिनाहा हुने छ। यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सो भन्दा अघिल्ला आर्थिक वर्षहरूको कर, कर,शुल्क तथा ब्याज मिनाहा हुने छ” आर्थिक विधेयकको बुँदा नम्बर १७ मा उल्लेख छ।