लगानीकर्ताको आन्दोलन : सबै ब्रोकरको टीएमएस बन्द


काठमाडौ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि आन्दोलित भएका लगानीकर्ताहरुले आज टिएमएस बन्द गरेका छन् । आइतबार काठमाडौंका सबै ब्रोकरहरुमा तालबन्दी गरेर लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् ।

सेयर कारोबारको लागि टीएमएस बन्द भएपनि नेपाल स्टक एक्सचेन्जले कारोबार प्रणाली भने खुला नै राखेको छ ।

 लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा टीएमएस बन्द गरिदिएपछि शेयर कारोबार प्रभावित भएको छ ।

हाल तिर्दै आएको प्ुँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्ने विषयले दुविधा उत्पन्न भएको आन्दोलनरत लगानीकर्ता तिलक कोइरालाले बताए ।

अर्थमन्त्रीलाई भेट्न गएका लगानीकर्तालाई प्रहरीले रोकेपछि टिएमएस बन्द गराएर आन्दोलन गरेको उनको भनाई छ ।

कोइरालाले आर्थिक विधेयक २०८० को २९ नम्बर बुँदा खारेज गर्नुपर्ने लगानीकर्ताको एक शुत्रीय माग रहेको बताए ।

गत बिहीबारदेखि पुँजीबजारमा लिइने ५ प्रतिशत तर ७.५ प्रतिशत पुँजीगत लाभाकर नै अन्तिम हुनुपर्ने भन्दै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् ।

आइतबार कारोबार सुरु भएको १ घण्टामा १६ सय ३ कित्ता सेयर कारोबार हुँदा ३ लाख ९२ हजार ३ सय ८२ रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक १.६३ अंकले बढेर १८६७.९७ अंकमा पुगेको छ ।