सरकारसँग सहमतिपछि खुल्यो टीएमएस, नेप्से परिसूचकमा ३३ अंकको वृद्धि


काठमाडौं । आन्दोलनरत लगानीकर्ताले ब्रोकरहरुलाई ताला खोलेर कारोबार सुचारु गर्न आग्रह गरेका छन् । कारोबारको सुरुवातसँगै बन्द भएको टीएमएस लगानीकर्ता र सरकारसँग सहमति भएसँगै सुरुचारु भएको हो ।

आन्दोलनरत लगानीकर्ता तिलक कोइरालाले अब एकसाथ ब्रोकर कार्यालयमा लागेको ताला खोलेर कारोबार गर्न सबैलाई आग्रह गरेका हुन् ।

सरकारले पुँजीबजारमा लाग्ने पुँजीगत लाभकर यथावत राखेपछि आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले ब्रोकर कार्यालयहरुलाई आफूहरुले लगाएको ताला फुटाएर कारोबार सुरु गर्न भनिएको एक ब्रोकर संचालकले बताए ।

टीएमएस खुलेसँगै कारोबार भएको बजार ५६ अंकले बढेको थियो । तर, अहिले यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३३.२३ अंकले बढेर १८९९.५७ अंकमा पुगेको छ ।