१७ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । साताको कारोबारको दोस्रो दिन दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सोमबार नेप्से परिसूचक १७.३८ अंकले बढेर १९०१.९९ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १९ करोड ८९ लाख ५६ हजार ३ सय ५३ रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्सेमा रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन शिवम् सिमेन्टका लगानीकर्ताले सबैभन्दा धेरे गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.५० प्रतिशतले घटेको छ ।

कुल २७७ कम्पनीको ५६ लाख २० हजार ३ सय ८१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १ सय ७ रुपैयाँको करोबार भएको नेप्सेले जनाएको छ ।