एउटा स्टक डिलरसहित थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोनले) एउटा स्टक डिलरसहित थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ ।

हिजो (सोमबार) बसेको बोर्ड संचालक समितिको बैठकले एउटा स्टक डिलर, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सहित ११ कम्पनीलाई ब्रोकर व्यवसाय संचालनको लागि अनुमति प्रदान गरेको छ ।

यसअघि बोर्डले ७ वटा कम्पनीलाई ब्रोकर व्यवसाय सञ्चालनका लागि अनुमति दिएको थियो । अब योसँगै नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या १८ पुगेको छ ।

नबिल सेक्युरिटिजलाई धितोपत्र व्यवसायी र मेगा स्टक मार्केट्सलाई पूर्ण कार्य गर्ने धितोपत्र दलालको लाइसेन्स वितरण गरेको छ भने अन्य ९ वटा कम्पनीलाई भने सीमित कार्य गर्ने धितोपत्र दलालको लाइसेन्स वितरण गरेको छ ।

सेबोनले लाइसेन्स प्रदान गरेका कम्पनी मध्ये ४ वटा बाणिज्य बैंकका सहायक कम्पनी छन् भने बाँकी ७ वटा व्यक्तिगत कम्पनी रहेका छन् ।

तोकेबमोजिमको भौतिक पूर्वाधार तयार गरेका थप ११ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितरण गरिएको बोर्डले जनाएकाे छ ।

सेबोनबाट अनुमति पाएका कम्पनीले कारोबार सञ्चालनको लागि आवश्यक प्रक्रियासहित नेप्सेमा पनि निवेदन दिनुपर्छ ।

धितोपत्र बोर्डबाट ब्रोकर लाइसेन्स पाएका कम्पनीहरु