नेप्सेमा ४ अंकको वृद्धि, कारोबार रकम २ अर्ब माथि


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२.३३ अंकमा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ परिसूचक ०.३८ अंकले बढेर ३६५.४७ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ८ उपसमुहको सेयरमूल्य बढेको छ ।

आजको दिन कारोबारका आधारमा सोल्टी होटल अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड १३ लाख १० हजार ७ सय ३४ रुपैयाँको कारोबार भएको छ ।

बुधबार युनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन सिद्धार्थ इक्यूटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.३५ प्रतिशतले घटेको छ ।

कुल २६१ कम्पनीको ६५ लाख ४१ हजार ३ ८८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६ सय ३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।