सहकारी संस्थाहरू ‘कोपोसिम’ सफ्टवेयरमा आबद्ध हुन आनाकानी गरे : रजिष्ट्रार घिमिरे


काठमाडौँ । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारी संस्थाहरू कोपोसिम सफ्टवयेरमा आबद्ध हुन आनाकानी गरेको बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाज ९सीजेएन० ले आयोजना गरेको ‘सहकारीको विद्यमान समस्या, चुनौती र समाधानको उपाय’ विषयक अन्तर्क्रियामा बोल्दै घिमिरेले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७३ चैतबाट सुरू गरेको सरकारी सफ्टवेयर कोपोमिसमा सहकारीहरूले संस्थाको वित्तीय अवस्था उक्त सफ्टवेयरमा भर्न आफूहरूसँग प्राप्त स्रोत साधन नभएको भन्दै आबद्ध नभएको बताएका हुन् ।

उनले पछिल्लो समय केही शहर बजारका ठूला सहकारीले गर्दा गाउँघरमा कृषि क्षेत्रमा राम्रो काम गरेका संस्थाहरूको समेत बदनाम हुन पुगेको बताए । उनले भने, “पछिल्लो समय जुन किसिमले सहकारी संस्थाहरूको वित्तीय कारोबार बढेको छ त्यो कोरोबार बढ्छ भन्रे तरिकाले हामीले ऐनपनि बनाएका थिएनौँ तर अहिले देशभरका ३० हजारभन्दा बढी सहकारीले सात अर्बभन्दा बढी वित्तीय कारोबार गर्दै आएका छन ।”

घिमिरेले सहकारी संस्थाहरूको निरीक्षक गर्न पठाएका विभागका कर्मचारीलाई आर्थिक विषयको बारेमा थाहा नभएको बताए । उनले भने, “विभागमा वित्तीय अवस्था बुझ्ने कर्मचारी छैन, विभागका निरीक्षकलाई सहकारीको वित्तीय अवस्था कस्तो छ भनेर सोध्यो थाहा हुँदैन ।’’

सहकारीले कानुनी रूपमा घरजग्गामा लगानी गर्न नपाउने तर संस्थाको नाममा घरजग्गा पास गर्न नमिल्ने भएकाले नक्कली ऋणी खडा गर्ने गरिएको उनले बताए । “सहकारी संचालकले बचतकर्ताको रकम फिर्ता गर्न सक्दैनौँ हामीसँग पैसा छैन भन्रे विषय विभागमा आयो भने हामीले तिनीहरूलाई जेल सजायको लागि सिफारिस गछौँ ।” घिमिरेले भने, “निक्षेप बचत गरेपछि बचतकर्ताको रकम फिर्ता गर्नु उनीहरूको दायित्व हो त्यो भनेर तिनीहरूले अब सुख पाउने छैनन् ।”

त्यस्तै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले पछिल्लो समय सहकारी संस्थाहरूमा समस्या आएको र यसलाई समाधान गरेर अन्तर्राष्ट्रिय मुल्य मान्यता अनुसार चलाउनु अहिलेको आवश्यक रहेको बताए ।

कँडेलले सहकारी संस्थाहरूलाई नकारात्मक रुपमा हेर्नभन्दा पनि यसलाई सुधारेर देशको अर्थतन्त्रलाई बलियो बनाउनेको निम्ती यसको प्रयोग गर्न अनुरोध गरेका छन् ।

उनले भने, “राज्यको तीन खम्बे अर्थनीतिको रुपमा हेरिएको सहकारी क्षेत्रले आर्थिक, रोजगारीदेखि, सामाजिक, गरिबी निवारण क्षेत्रमा अहम भूमिका निर्वाह गर्दै आएको छ । त्यसकारण अहिलेको समस्यामा सहकारीलाई समस्याग्रस्त घोषणा गर्नुभन्दा राम्रो बनाउन सबै लाग्नु पर्छ ।’’

नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले तीनै तहलाई सहकारी नियमन गर्न दिदाँ समस्या आयो भन्रु गल्त रहेको बताए । यस्तो आरोप लगाउनु भनेको सरकराको क्षमताभन्दा बाहिर छ भन्ने रहेको र यदि तीनै तहले चाहेको खण्डमा सहकारी नियमन गर्न सक्ने मनौलीको भनाइ छ ।

मैनालीले सहकारी संस्थाहरू सिस्टममा बस्न नचाहँदा समस्या देखिएको बताए । “सहकारी क्षेत्र सबै क्षेत्रमा अन्तरसम्बन्धित भएको, सबै क्षेत्रसँग जोडिने, संविधानले बढी प्राथमिकता दिएको क्षेत्र हो,” उनले भने, “सुरुमा सहकारीले राम्रो गरेको भए पनि अहिले सिस्टममा नबस्दा समस्या बढेको हो ।”