स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को नयाँ नेतृत्वका लागि गणेश कार्की समूहको प्यानल घोषणा


काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा भएको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरी कार्की समूहले प्यानल घोषणा गरेको हो ।

अध्यक्षमा गणेश कार्की, वरिष्ठ उपाध्यक्षमा मोहन कुमार डाँगी, उपाध्यक्षमा आशिष गर्ग, भरतबहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम ब्लोन लामाको उम्मेदवारी घोषणा भएको छ ।

त्यस्तै महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवहरुमा भरत खड्का ,विक्रम बिष्ट, कविता पोखरेल, भरत नेपाल छन् । कोषाध्यक्षमा नरेन्द्रवल्लभ पन्तको उम्मेदवारी घोषणा भएको छ ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार गणेश कार्कीले प्रधानमन्त्रीको भारतभ्रमणपछि देश उर्जामय बनेको बताए ।

उनले आगामी दिनमा आफूहरूले संसदमा पेस भइसकेको विद्युत ऐनका बारेमा सुझावहरू दिनुपर्ने आवश्यक्ता देखिएको बताए ।

सरकारले काम नगर्ने र लगानी गरेका लगानी कर्तालाई मारमा पार्ने काम भइरहेको उनले गुनासो गरे । सरकारका कारणले काम नहुँदा कतिपय विद्युत योजनाहरु खारेज भइरहेको समस्या भोग्नुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।