एमजी जेडएस ईभीको बुकिङ खुल्यो, कति पर्छ मूल्य ?


काठमाडौँ । एमजी भेइकलको लागि नेपालका एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभी एमजी जेडएस इभी (डिलक्स) को प्रि–बुकिङ खुला गरेको छ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमा ५० किलो वाटदेखि १०० किलो वाटसम्मको विद्युतीय गाडीमा कर वृद्धि भएता पनि एमजीको यस मोडलको गाडीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। बजेट भाषण अगाडि यस गाडीको मूल्य ५२ लाख ४९ हजार रुपैयाँ रहेको थियो।

कोभिडपछि विद्युतीय गाडीलाई आवश्यक कच्चा पदार्थको घट्दो मूल्य तथा विश्व बजारमा यस ब्रान्डको बढ्दो बिक्रीका कारण एमजीले विश्व बजारमा आफ्नो विद्युतीय गाडीको मूल्य घटाएको छ। सोही कारण विद्युतीय गाडीमा भएको कर वृद्धिले पनि जेडएस इभी ९डिलक्स० मोडलको गाडीको मूल्यमा खासै फरक नपरेको कम्पनीको भनाइ छ।

प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि आयात गरिएका स्टकमा ग्राहकबाट अझै पनि पुरानो मूल्य ५२ लाख ४९ हजार रुपैयाँ तिर्नुपर्ने जनाएको छ।

नयाँ एमजी जेडएस इभी (डिलक्स) ९९ मोटर पिक पावरले सुसज्जित छ जसले २८० एनएम अधिकतम टर्क प्रदान गर्दछ र ५१ केडब्ल्यूच ब्याट्री क्षमताले एकल चार्जमा ३२० किमी चल्छ।

जुन ३० मिनेटभित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। र, यसमा ८ वर्ष ब्याट्री वारेन्टी रहेको छ। सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग, इएसपी, इएबी, एचडिसी, अटो होल्ड जस्ता फिचरहरू राखिएका छन्।

यस्तै, मनोरन्जनको लागि यस गाडीमा प्रिमियम पानोरमिक सन–रुफ, डिएबी रेडियो र ब्लुटुथ युक्त १०।१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डी साउन्ड सिस्टम रहेको छ।

साथै, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०र४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ लगायतका फिचरहरू राखिएको कम्पनीले जनाएको छ।

यो गाडी डोभर ह्वाइट (सेतो), कोस्मिक सिल्भर, डायमण्ड रेड (रातो), पेबल ब्ल्याक (कालो) र कोमो ब्लू (निलो) गरी ५ भेरियन्ट विकल्पहरूमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।