बालेनले नदेखेकाे धाेबीखाेला करिडाेर फुटपाथ सास्ती (फाेटाेफिचर)


काठमाडौं । काठमाडौँ उपत्यकाको सेतोपुल धोबी खोला करिडोरको फुटपाथमा सर्वसाधारणलाई हिड्न कठिन भइरहेको छ । त्यसो त यो एक प्रतिनिधि ठाउँ मात्रै हो ।

भूमिगत तरा व्यवस्थापनका लागि विद्युत प्रधिकारणले फुटपाथमा बनाएका संरचनका कारण हिड्न कठिन भएको हो । केही समय पहिले काठमाडौँ महानगरले फुटपाथबाट व्यपारीहरुलाई हटाई फुटपाथ व्यवस्थित गरी सहज आवतजावत बनाउने कार्य सुरुवात गरेको थियो ।

फुटपाथका व्यापारी हटे पनि विधुत प्राधिकरणले फुटपाथमा बनाएको संरचना हट्न सकेको छैन । धोबी खोला करिडोरका फुटपाथ यस्ता संरचना तथा निर्माण सामाग्रीले भरिभराउ छ । कतिपय ठाउँहरुमा फुटपाथ नै बन्द भएर सडकबाट हिड्नु पर्ने अवस्था छ । केही घरको पिल्लरहरु पनि फुटपाथभन्दा बाहिर छन् ।

डिल्लीबजार, मैतीदेव, सेतोपुल, रातोपुल, अनामनगर बिजुलीबजार लगायतका ठाउँहरुमा पैदलयात्रुहरुले निकै सास्ती भोग्नु परिरहेको छ । जसले सडक दुर्घटना हुने जोखिमलाई बढाई रहेको छ ।

शब्द/तस्बिर: पुष्पा पाल