नेप्से १६ अंकले बढ्दा कारोबार ५ अर्ब रुपैयाँ नाघ्यो


काठमाडौं । साताको कारोबारको दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६ अंकले बढ्दा ५ अर्ब माथिको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ३.२८ अंकले बढेर ३८३.६९ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ६ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने ७ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेका छन् । कम्पनीको २८ करोड १७ लाख ८ हजार ८ सय ४२ रुपैयाँको कारोबार भएको छ ।

बुधबार खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ अंकले बढेको छ ।

त्यस्तै आज राष्टिय बिमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.६२ प्रतिशतले घटेको छ ।

कुल २७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६ सय ८२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।