राष्ट्रिय वाणिज्य बैंकले असार महिनामा सबै प्रकारको कर्जा भुक्तानिमा ५ प्रतिशत छुट दिने


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबै प्रकारको कर्जा व्याज भुक्तानीमा ऋणीहरुलाई ५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै मिति २०८० असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणिहरुलाई छुट दिने निर्णय गरेको छ ।

ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण९असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद, खराब०, जतिसुकै अवधिको ओभरड्यू, नर्मल तथा पिनल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिनेछ ।

ब्याज छुट रकम सम्बन्धित ऋणिको खातामा फिर्ता(जम्मा गरिने जनाउँदै बैंकले यो अवसरको लाभ लिनुहुन सम्बन्धित सम्पूर्ण ऋणिहरुलाई अनुरोध गरेको छ ।