नेप्सेमा ५२ अंकको उछाल आउँदा करिब ५ अर्ब रुपैयाँको कारोबार


काठमाडौं । साताको कारोबारको दिन सेयरबजारमा उछाल आएको छ । आइतबार नेप्से परिसूचक ५२ अंकले बढ्दा झण्डै ५ अर्बको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ५२.२६ अंकले बढेर २०९४.३३ अंकमा पुगेको छ ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ७.१८ अंकले बढेर ३९०.५६ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये बैंकिङ उपसमुहबाहेक १२ वटा उपसमहुको सेयरमूल्य बढेको छ ।

आइतबार कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३६ करोड ६४ लाख ९९ हजार १ सय ५८ अंकको कारोबार भएको छ ।

आज १० वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

४ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने बाँकी ६ कम्पनीको सेयरमूल्य ९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

कुल २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९ सय ६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।