काठमाडौं । हिजो ५२ अंकका उछाल आएको सेयरबजारमा आज भने सामान्य गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै उतारचढावमा रहेको नेप्से परिसूचक २ अंकले घटेर आजको कारोबार बन्द भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक २.९४ अंकले घटेर २०९१.३९ अंकमा पुगेको छ ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि १.८२ अंकले घटेर ३९२.३८ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ९ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ४ वटा उपसमुहको सेयरमूल्य बढेको छ । आज सबैभन्दा धेरै फाइनान्स समुह ५.२२ प्रतिशतले बढेको छ ।
सोमबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको २९ करोड ८२ लाख १३ हजार ५ सय ७४ रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्सेमा ३ कम्पनी सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्युटी म्यूचुअल फण्ड,माउन्टेन इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी तीनै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आज यूनिक्यु नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर सकरात्मक सर्किट लागेको छ ।
कुल २७६ कम्पनीको १करोड २९ लाख ७५ हजार १ सय ६८ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८ सय ८० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्