काठमाडौँ । वुधबार नेपाल सुनचाँदी बजारमा छापावाला सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार मंगलबार तोलाको एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८०० रुपैया घटेर एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १० हजार ४५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्य पनि ह्रातै घटेको छ । महासंघको विवरण अनुसार चाँदी तोलाको ४५ रुपैयाँ घटेर १३८५ रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्