वाणिज्य बैंकहरुको सबैभन्दा बढी लगानी सरकारी सुरक्षणमा


काठमाडौँ । वाणिज्य बैंकहरुले सबैभन्दा बढि लगानी सरकारी धितोपत्रमा गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०२१/२२ को बैंक सुपरिवेक्षण प्रतिवेदन अनुसार वाणिज्य बैंकहरुले सरकारी सुरक्षणमा ८२.३८ लगानी गरेका छन् भने अन्यमा १७.६२ प्रतिशत गरेका छन् ।

वाणिज्य बैंकहरुले १७.६२ प्रतिशतबाट सेयर र ऋणपत्रमा ७.५२ प्रतिशत, अन्तर बैंक लगानी १.८३ प्रतिशत, सुन ९कारोबार योग्य० ०.०४ प्रतिशत, मुद्धती निक्षेप लगानी ०.०२ प्रतिशत र अन्य लगानी ८.२० प्रतिशत लगानी गरेका छन् ।

राष्ट्र बैंकको अनुसार वाणिज्य बैंकहरुको लागनी गत वर्षहरुको अवस्थामा रहेको उल्लेख गरेको छ ।