नेप्सेमा विजय लघुवित्तको ६ लाख बढी कित्ता बोनस सेयर सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब साढे ६ लाख कित्ता बोनस सेयर थपिएको छ।

बिहीबार विजय लघुवित्त वित्तीय संस्थाको ६ लाख ४० हजार कित्ता बोनस सेयर र सूचीकृत भएको नेप्सेले जनाएको छ ।

विजय लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।