नेप्सेमा सामान्य वृद्धि, सोल्टि होटलमा भुम्मिए लगानीकर्ता


काठमाडौं । साताको कारोबारको अन्तिम दिन भने नेप्से सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५३ अंकमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक भने ०.३० अंकले बढेर ३८५.८१ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये ४ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा सोल्टी होटल अग्रस्थानमा रहेको छ । कम्पनीको २९ करोड ६३ लाख ८२ हजार ७ सय ३८ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा तारागाउँ रिजेन्सी होटल, ओरेन्टियल होटल,कालिन्चोक दर्शन र बिपीडब्ल्यू लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी सबै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सिटिजन्स म्यूचुअल फण्ड–१ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.४१ प्रतिशतले घटेको छ ।

कुल २७६ कम्पनीको ८लाख ८ हजार २ सय ४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५ सय २ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।