नागरिक लगानीकोलाई लाभांश वितरण गर्न अर्थमन्त्रालयले दियो स्वीकृति, बोनस सेयर कति ?


काठमाडौं । नागरिक लगानी कोषलाई लाभांश वितरण गर्न अर्थमन्त्रालयले स्वीकृति दिएको छ । अर्थमन्त्रालयले कोषलाई २६.३१६ प्रशितल लाभांश वितरण गर्न स्वीकृति दिएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कम्पनीलाई पुँजीवृद्धि गर्न स्वीकृति दिएसँगै अब लगानीकर्ताले २५ बोनस सेयर र कर प्रयोजनार्थ १.३१६ प्रतिशत नगद लाभांश प्राप्त गर्ने भएका हुन् ।

कोषको सञ्चालक समितिको बैशाख २९ गतेको बैठकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव अर्थमन्त्रालयमा पठाएको थियो । उक्त प्रस्ताव अर्थमन्त्रालयले स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेस गरेको थियो ।

चैत मसान्तसम्म कम्पनीको चुक्तापुँजी चार अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।