सानिमा बैंकका ग्राहकहरुलाई नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटलमा छुट


काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटल, गठ्ठाघर, भक्तपुरमा छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सानिमा बैंकका ग्राहकहरुले औषधी र अपरेशन सम्बन्धी शुल्कहरुमा १० प्रतिशत र फिजियोथेरापी, दन्त, भेन्टिलेटर, ल्याब टेस्ट, एक्सरे, इसीजी, युयसजी, इको, आँखा र बेड शुल्कहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा ए टि एम् संचालनमा रहेका छन् ।