विद्युतीय सवारीमा बढ्दो क्रेज, एघार महिनामा भित्रियो तीन हजार बढी गाडी


काठमाडौँ । नेपालमा विद्युतीय सवारी (कार, जीप र भ्यान) प्रतिको क्रेज बढ्दो रहेको छ । एक महिनामै ९ सय १५ वटा विद्युतीय सवारी नेपाल भित्रिएको हो ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाको तथ्याङ्कले जेठ महिनामा नेपालमा ९ सय १५ विद्युतीय कार भित्रिएका छन् । चालु आर्थिक वर्ष सकिने एक महिना बाँकी हुँदा ११ महिनामा कुल ३ हजार ८७० विद्युतीय कार भित्रिएका छन् ।

यो अवधिमा सबैभन्दा बढी १०० किलोवाट भन्दा कम क्षमताका विद्युतीय कार भित्रिएका छन् । उक्त सवारीहरू भारत, चीन, इन्डोनेसिया, कोरिया र बेलायतबाट भित्रिएका हुन् । सबैभन्दा बढी भारतबाट २ हजार १७९ र त्यसपछि चीनबाट १ हजार २२१ विद्युतीय कार भित्रिएका छन् ।

यसैगरी १०० किलोवाटदेखि २०० किलोवाटसम्मको वर्गमा १०६ वटा, १०१ किलोवाटदेखि २०० किलोवाट शीर्षकमा १० वटा र २०१ देखि ३०० किलोवाट क्षमताका २ वटा विद्युतीय कार नेपाल भित्रिएको हो। यसैगरी २०१ देखि ३ सय किलोवाटसम्म २ वटा विद्युतीय कार भित्रिएको हो ।

जेठ महिनामा यसरी एकैपटक धेरै संख्यामा इलेक्ट्रिक सवारी भित्रिएका हुन् ।