प्रभु बैंकको ६ लाख बढि कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं । प्रभु बैंकको ६ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको ६ लाख १ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ ।

जसमा संस्थापक सेयरधनीहरु कमल श्रेष्ठको २ लाख ५० हजार कित्ता, राकेशकुमार सरावगीको २ लाख १५ हजार ८५३ कित्ता, ग्लोबल आइएमई समुन्नत योजना–१को १ लाख २८ हजार ३८१ कित्ता र सविता दली जोशीको ७ हजार कित्ता सेयर छन्।

हाललाई उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।