नेप्सेमा ६२ अंकको उछाल, कारोबार रकम ६ अर्ब नाघ्यो


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा उछाल आएको छ । आइतबार नेप्से परिसूचकमा ६२ अंकको उछाल आउँदा साढे ६ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयरमापक सूचक नेप्से परिसूचक ६२ अंकले बढेर २११७.७३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य बढेको छ । आजको दिन लगानीकर्ताको आर्कषण फाइनान्स र निर्जीवन बिमा उपसमुहमा देखिएको छ ।

आइतबार नेप्सेमा कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४९ करोड ९० लाख ७३ हजार ९ सय २० रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा ४ वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। आइतबार लाइफ इन्स्योरेन्स कोअपरेशन लिमिटेड, हिमाल लाइफ इन्स्योरेन्स, एनएमबी –५०, सामलिङ पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन शुभम् पावर लिमिटेडका लगानी कर्ताले सबैभन्दा धेरै गमुाएका छन् । कम्पनीको सेयरमूल्य ६.८१ प्रतिशतले घटेको छ ।