नेप्से ११ अंकले बढ्दा कारोबार रकम ५ अर्ब माथि


काठमाडौं । साताको कारोबारको पहिलो दिन ६२ अंकले बढेको सेयरबजार आज भने सामान्य अंकले बढेको छ । आजको कारोबार सुरु भएसँगै उतार चढाव आएको नेप्से अन्त्यमा ११ अंकले बढेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ अंकमा पुगेको छ ।
त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ३.६६ अंकले बढेर ३९९. ११ अंकमा पुगेको छ ।

त्यस्तै आज कारोबार भएका कुल १३ उपसमुह मध्ये ५ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ८ वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

सोमबार कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४२ करोड ५ लाख ९९ हजार ५ सय ८५ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन सुपर मादि हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.९४ प्रतिशतले घटेको छ ।

कुल २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार ६ सय ८७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।