सबै योजना फेल भएको भन्न मिल्दैन: उपाध्यक्ष श्रेष्ठ


काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठले कम विकसित देशबाट स्तरोन्नतीको हेर्नको लागि स्मुथ प्लान्स एण्ड स्ट्राटेजी अन्तिम चरणमा पुगेको बताएका छन् ।

मंगलबार राष्ट्रिय योजना आयोगले सोह्रौँ योजना (२०८१/८२–२०८५/८६) तर्जुमाको तयारीको क्रममा सञ्चारकर्मीसँग छलफल कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले भने,“योजना बनाउँदै गर्दा कम विकसित देशबाट स्त्तरोन्नती हुँदा दिगो विकास लक्ष्यको लागि पुरक हुन सक्छ वा सक्दैन भन्ने कुरामा हामीले कम विकसित देशबाट स्त्तरोन्नतीको पाटोलाई हेर्न छुट्टै स्मुथ प्लान्स एण्ड स्ट्राटेजी अन्तिम चरणमा पुगेको छ ।”

स्मुथ प्लान्स एण्ड स्ट्राटेजीमा भएको उपलब्धीलाई कसरी लिने र चुनौतीलाई कसरी समाधान गर्ने भनेर उल्लेख पनि हुने र त्यस अनुसार कार्यान्वयन हुने उनले बताए ।

उनले कम विकसित देशबाट स्त्तरोन्नती (एलडिसी) हुँदा त्यसबाट चुनौतीसँगै फाइदा पनि भएको बताए । “एलडिसीको स्तरोन्नती हुँदा हामीले के के गर्नुपर्छ भन्ने हो । स्तरोन्नती भयो भने त्यसबाट पाउने फाइदा पनि छन् चुनौतीहरु पनि छन् । उपलब्धलाई कसरी लिने र चुनौतीलाई कसरी समाधान गर्ने भनेर त्यसमा उल्लेख पनि हुने र त्यस अनुसार कार्यान्वयन हुने छ,” उनले भने ।

श्रेष्ठले १६ औं योजनाले दिगो विकासका लक्ष्यहरु र त्यसलाई पुर्ति गर्ने गरि कार्ययोजनाहरु ल्याउने बताए ।

उनले अहिलेसम्म सबै योजना फेल भएको नभइन धेरै जसो योजना फेल भएको बताए । श्रेष्ठले १४ औं योजना जसले राज्यको लक्ष्यभन्दा भन्दा बढी आर्थिक वृद्धि हासिल गरेको बताए ।

मातृशिशु मृत्युदर, बाल मृत्युदर, शिक्षाको दर, शिक्षाकोस्तर जस्ता क्षेत्रमा छोटो समयमा धेरै प्रगती गरेको कारणले संयुक्त राष्ट्र संघको एउटा एडमिनले पुरस्कृत समेत गरेको उनले बताए । सामाजिक क्षेत्रमा पहिलादेखि नै राम्रो काम भएको भएपनि आर्थिक क्षेत्रमा हामी पछाडी पुगेको र १४ औं योजनामा लक्ष्यभन्दा बढी लक्ष्य हाँसिल गरेको श्रेष्ठले बताएका छन् ।