सत प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारीमा बरुण हाइड्रो


काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनी सञ्चालक समितिको मंगलबार (असार १२ गते) बसेको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ।

कम्पनीले हकप्रदको प्रस्ताव आगामी साधारणसभामा पेस गर्न पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमासमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।