साढे ७८ हजार मेट्रिकटन रासायनिक मलको आपूर्ति सुनिश्चित गर्‍यौं : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चालु आर्थिक वर्षमा साढे ७८ हजार मेट्रिकटन रासायनिक मलको आपूर्ति सनिश्चित भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले साढे ७५ हजार मेट्रिक टन रासायनिक मल आपूर्ति सुनिश्चित भएको बताएका हुन् ।

संसदमा विश्वासको मत लिँदा आफूले गरेको प्रतिवद्धताअनुसार किसानलाई मलको हाँहाँकार हुन नदिने बताए ।

उक्त प्रतिवद्धताअनुसार यस आर्थिक वर्षमा साढे ७८ हजार मेट्रिकटन रासायनिक मलको आपूर्ति सुनिश्चित हुनुका साथै १ लाख ९५ हजार ९ सय मेटिक टन रासायनिक मल आयात भई १ लाख ४५ हजार ९ सय मेटिक टन रासायनिक मत अनुदानित मूल्यमा वितरण भइसकेको बताए ।

उनले भने ‘पछिल्ला निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन् मलका हाहाँकार हरेका वर्ष समाचारका स्थायी शिर्षक बन्दै आए । तर परिस्थिति कहिल्यै बदलिएन । यद्धपी अहिले समास्याको पूर्ण समाधान त भएको छैन ।’

आगामी वर्षमा समयमै मल वितरण गर्न रु ३० अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी गराए ।

‘देशमै मल कारखाना खोल्न लगानीबोर्डले अध्ययन सुरु गरिसकेको छ ।’, प्रधानमन्त्रीले भने, ‘भारत भ्रमणको बेला नेपालमै रासायनिक मलका विषयमा गम्भिर ढंगले उठेको छ जोइन्ट भेन्चरमा फर्टिलाइजर प्लान्टको विकास गर्ने कुरामा सैदान्तिक सहमति भएको छ।’