एनएमबी बैंकले बिना धितो २ लाख रुपैयाँसम्म कृषि कर्जा दिने


काठमाडौँ । किसानले कर्जा लिएको पहिलो महिनामा आधारदरमा ०.५ प्रतिशत प्रिमियम थपेर कर्जा पाउने भएका छन् । कृषि कर्जा लिएको पहिलो महिनामा आधारदरमा ०.५ प्रतिशत पिमियम थपेर कर्जा दिने एनएमबी बैंकको प्रमुख कायर्कारी अधिकृत सुनिल केसीले बताए ।

एनएमबी बैंक र खेती एपले सम्झौता गर्दै बिना धितो २ लाख रूपैयाँसम्म कर्जा दिने उल्लेख गरिएको छ । उक्त सम्झौता अनुसार खेती एप एक वर्षदेखि चलाइरहेका किसानले बिना धितो कर्जा पाउने छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बैंक, किसान र प्रविधि एकै ठाउँमा राखेर कर्जा दिन लागेको बताए । केसीले पछिल्लो समय बैंक प्रति नकारात्मक हुनेहरू बढ्दै गएको र धितो बिनाको ऋण नै हुँदैन भन्ने भाष्य चिर्नको लागि यसले सहयोग गर्ने उल्लेख गरे ।

खेतीका प्रमुख कायर्कारी अधिकृत तुलसी गिरीले कर्जा लिनको लागि मापदण्ड रहेको र त्यसको लागि एकवर्षदेिख खेती एप चलाइरहेको हुनुपर्ने उल्लेख गरे ।

आप्फना गाहकलाई तीन श्रेणीमा वगीकरण गरेर कर्जा दिने उल्लेख गरिएको छ । ऋण लिनको लिनको लागि तीन श्रेणाी रहेको र कर्जा सीमा निर्धारण एआइ र मेसिन लर्र्निङले गर्ने जनाइएको छ ।