जनउत्थान सामुदायिक लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार १ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

आइतबार (आज) जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस बापतको २ लाख २१ हजार ८ सय ५९ कित्ता सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।