नेप्सेमा ५३ अंकको गिरावट, हिमालयन इन्स्योरेन्समा लगानीकर्ताको आर्कषण


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा भारी अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ अंकमा झरेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि १२.२३ अंकले घटेर ३९०.५२ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार कारोबार रकमका आधारमा हिमालयन इन्स्योरेन्स लिमिटेडको सर्वाधिक भएको छ । कम्पनीको ४२ करोड ५६ लाख ५४ हजार ७ सय ७ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन श्रीन्जाली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.३२ प्रतिशतले घटेको छ ।

कुल २८६ कम्पनीको १ करोड १३ लाच २३ हजार १ सय ८३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १ सय ७९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।