हकप्रद सेयरको लागि बुक क्लोज गर्दै अरुण काबेली पावर


काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले गत असार १३ गते अरुण काबेलीलाई चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति दिएको हो।

जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।

हिजो बसेको कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशनको लागि बुक क्लोजको मिति तय गरेको छ ।

कम्पनीले यही असार २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ असार २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।