राष्ट्र बैंकले गर्यो लघुवित्तको सेवा सम्बन्धी गुनासो सुन्ने डेस्कको व्यवस्था


काठमाडौँ । नेपाल राष्ट्र बैंकबाटले लघुवित्तको वित्तीय सेवा सम्बन्धी गुनासो सुनुवाई डेस्कको स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गुनासो दर्ता गर्न डेस्कको स्थापना गरेको हो ।

लघुवित्त संस्थाहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरुको सेवा सम्बन्धी गुनासो सम्बोधनको लागि राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा गुनासो सनुवाई डेस्कको स्थापना गरेको छ ।

आप्mनो गुनासो टोल फ्रि नम्बर १८१०५००००२२ मार्फत वा राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टल gunaso.nrb.org.np वा इमेल [email protected] मार्फत कार्यलय समयभित्र गुनासो दर्ता गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।