अप्पर स्याङ्गे हाइड्रोको आइपीओ बाँडफाँड सम्पन्न


काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न भएको । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको काठमाण्डौंको नक्साल स्थित केन्द्रिय कार्यालयमा शुक्रबार बिहान आइपीओ बाँफााँड सम्पन्न भएको हो ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको जसमा भाग्यमानी ५३ हजार ९५० आवेदकले १० कित्ताका दरले सेयर पाएको क्यापिटलले जनाएको छ । त्यस्तै आइपीओमा आवेदन दिएका ११ लाख ४४ हजार १२७ आवेदकको हात रित्तो भएको छ ।

निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १२ लाख ८२ हजार ४६३ आवेदकबाट कुल १ करोड ३९ लाख ६४ हजार ७१० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा २५.८८ गुणाले बढी हो।

कम्पनीले गत असार १० गतेदेखि असार १३ गतेसम्म जारी पुँजीको साढे ६ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। कम्पनीले त्यसमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको थियो।

कम्पनीले ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको थियो। बाँकी ५ लाख ३९ हजार ५०० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो।