नयाँ ७ ब्रोकर कम्पनीले पाए ‘क्लियरिङ मेम्बर’ को अनुमति


काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) ले ७ वटा नयाँ ब्रोकर कम्पनीलाई ‘क्लियरिङ मेम्बर’ अर्थात् राफसाफ सदस्यता प्रदान गरेको छ ।

नयाँ ब्रोकरहरुले असार २२ गते राफसाफ सदस्यताको लागि आवेदन दिएकोमा असार २५ गते सोमबार राफसाफ सदस्यता प्रदान गरिएको सिडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।

सिडीएससीले सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्ड प्रा.लीलाई राफसाफ सदस्यता प्रदान गरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले गत बिहीबार (असार २१ गते) ७ वटा नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको थियो । नेप्से सञ्चालक समितिको बुधबार बसेको बैठकले मापदण्ड पूरा गरेका नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम भौतिक र प्राविधिक रुपमा सबै मापदण्ड पूरा गरेका ७ वटा ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरिएको थियो ।

सेबोनमा आवेदन दिएका ४३ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए। सेबोनबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ वटाले पनि कारोबार सदस्यताका लागि नेप्सेमा निवेदन दिइसकेका छन्।