काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशनले भाद्र २६ गतेदेखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२३ को लागि बुकिङ्क खुल्ला गरेको छ ।
नाडाको आयोजनामा हरेक वर्षको दशैंअघि आयोजना हुँदै आएको प्रदर्शनी कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा आयोजना हुन सकेन । त्यस्तै सन् २०२२ पनि सरकारले सवारी साधनको आयातमाथि प्रतिबन्ध लगाएपछि विद्युतीय सवारीको मात्रै प्रदर्शनी गरिएको थियो ।
“यस पटकको नाडा अटो शाे मा विद्युतीयसहित पेट्रोलियम चार पांग्रे, तीन पांग्रे तथा दुई पांग्रे सवारीसाधन, ढुवानीका साधन, स्पेयर पार्टस्, टायरट्यूव, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्टस् एवम् ग्यारेज उपकरण समेत राखिने छ” नाडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसाग सम्बन्धित संघ संस्था समेतको सहभागिता रहने छ ।”
करिब ४ वर्षपछि हुन लागेको वृहत प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २० अर्बभन्दा बढीको कारोबार हुने नाडाको अनुमान छ ।
कोभिडको दिर्घकालिन असर, सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिवन्ध र प्रतिकूल मौद्रिक नीति जस्ता विभिन्न कारणहरूले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसायमा, हाल आएको सुधार तथा सकारात्मकतातर्फ अग्रसर भईरहेको राष्ट्रिय अर्थतन्त्रका कारण यो प्रदर्शनी गत बर्षहरूमा सम्पन्न प्रदर्शनीहरू भन्दा थप बृहत र भव्य हुने अपेक्षा रहेकाे नाडा अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष धुव्र थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्